Skip to content

चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर


चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर
किन हो कुन्नि सन्तान सबै सोएको देखेर

उठ न उठ ए मेरा दाजु पुछौँ न त्यो आँशु
बल्दछ आगो अरुले आमा छोएको देखेर

भक्कानो छुट्छ आमाको आँशु देखेर छातीमा
जातियताको उर्लंदो भेल फोएको देखेर

होसमा छैनन् के होला भोलि समय जान्दैन
गरिबीलाई जातीयताले धोएको देखेर

मूर्छित भईन् यी मेरी आमा हेर न सबैले
राष्ट्रियताको चिनारी आज खोएको देखेर

बिराटनगर-४, नेपाल

*** सोएको = सुतेको
*** फोएको= फुकाएको
*** खोएको = हराएको

1 thought on “चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर”

  1. सुन्दर!
    देशभक्त मुटुका भावनाहरुको सुन्दर र सशक्त प्रस्तुति!

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *