Skip to content

खै के भयो र ?


खुसी मनले हाँस्न, खोज्दा खै के भयो र ?
मुटु दुखाई बाँच्न, खोज्दा खै के भयो र ?

रमाउने सबै यहाँ एकपलको दुनियाँमा
आफु पनि नाँच्न, खोज्दा खै के भयो र ?

स्वार्थले भरिएको विरानो यो संसारमा
सम्बन्ध त्यो गाँस्न, खोज्दा खै के भयो र ?

बन्धनले भरिएको पिरतीको बोट रोप्दा
उखाली तिमीले माँस्न, खोज्दा खै के भयो र ?

जिन्दगीको अन्तिम घडीमा तिमीलाई सम्झेर
माया तिम्रो साँच्न, खोज्दा खै के भयो र ?

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *