Skip to content

हर रात सपनीमा उही तिम्रो “उदास” पाउँछ्यौ

जब टाढिई जान्छौ बल्ल मायाको आभास पाउँछ्यौ
हर रात सपनीमा उही तिम्रो “उदास” पाउँछ्यौ

(सुनै सुनको महलभित्र सुखसयल रोज्यौ भने) २
सम्पत्तिले ढाकिएको मायाविहीन बास पाउँछ्यौ
(हर रात सपनीमा उही तिम्रो उदास पाउँछ्यौ)

(सपनाको संसारभित्र सपनामै बाँच्यौ भने) २
कहिल्है नटुङ्गिने जिन्दगीको मलमास पाउँछ्यौ
(हर रात सपनीमा उही तिम्रो उदास पाउँछ्यौ)

(तिम्रो सोचाई जस्तो जिवन नहुन नि सक्ला) २
नयनभरि आँशु अनि चोटै चोटको रास पाउँछ्यौ
(हर रात सपनीमा उही तिम्रो “उदास” पाउँछ्यौ)

(अँशु झारी रुँदाखेरि कसले आँशु पुछिदेला?) २
मेरै तस्बिर हेर्छ्यौ होला अनि बल्ल खास पाउँछ्यौ
(हर रात सपनीमा उही तिम्रो “उदास” पाउँछ्यौ)

जब टाढिई जान्छौ बल्ल मायाको आभास पाउँछ्यौ
हर रात सपनीमा उही तिम्रो “उदास” पाउँछ्यौ

“अधुरो जिन्दगी, अपुरो मान्छे (मिस्टर उदास) “

Leave a Reply

Your email address will not be published. Required fields are marked *