Skip to content

गयो होला सबै मरेर


अब तिम्रो मन पनि
अन्तै गयो होला सरेर
मैले लाको अजम्बरी माया
गयो होला सबै मरेर ।

ढिक पारी दिन्छौं तिमी
कहिलेकाहीँ भेट हुदाँ
खबर पनि सोध्ने गछौं
तिमीलाई सम्झी सधै रुदाँ
दैबको पनि आँखा लाग्यो
माया मेरो लग्यो हरेर
मैले लाको अजम्बरी माया
गयो होला सबै मरेर ।

तिमी सधैं मलाई भन्थैं
हाम्रो बन्धन कति सारो
तिम्रो कन्धन रैछ हेर
कुनै दुई दिनका झारो
खुसी भयौं अब सानु
हातमा आफ्नो हजार पारेर
मैले लाको अजम्बरी माया
गयो होला सबै मरेर ।

अब तिम्रो मन पनि
अन्तै गयो होला सरेर
मैले लाको अजम्बरी माया
गयो होला सबै मरेर ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *