Skip to content

पिम्न थालेको छु


आजभोलि थोरै थोरै, पिम्न थालेको छु ।
अतितका ती घाउ मनमा, गम्न थालेको छु ।

फाटेको मुटुभित्र आफ्नै प्रतिविम्व खोजी
तिम्रै तस्बिर हेर्दै तिमीलाई, रुँग्न थालेको छु ।

गुम्सिएका ती पीडालाई मनमा थुन्न थालेपछि
फर्की-फर्की त्यही पानीमा, झुम्न थालेको छु ।

सुनसान त्यो रातमा लडखडिएका पाउ सारेर
हिड्दा हिड्दै आफैं गोरेटोमा, उँम्न थालेको छु ।

सम्झी-सम्झी तिमीलाई बषैं याम कटेपछि
पिउँदा पिउँदै आफ्नै रगत, बम्न थालेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *