Skip to content

लाग्छ तिमीले अकै छान्यौ ।


तिम्रो बचनको तिखो झिरले
ताकेर यो मनमा हान्यौ ।
तिम्रो मान्छे महैन अब,
लाग्छ तिमीले अकै छान्यौ ।।

नयन झुकाई शिर निउराई
अलिअलि तिमी पर सरेर
थाहै नदिई एक्लै तिमी
सुटुक आफै खोला तरेर
सुटुसुटु गई मनमा बर्सी
चोरेर उसकै माया तान्यौ ।
तिम्रो मान्छे महैन अब ,
लाग्छ तिमीले अकै छान्यौ ।।

पवनले पनि सुस्केरा हाली
सजिव सबैको प्यास मार्छ ।
बादलले पनि त ठाउँ हेरी,
समय समयमा पानी पार्छ ।
सघन ठाउँमा छोडी मलाई
तिमीले नयाँ तिर हान्यौ ।
तिम्रो मान्छे महैन अब,
लाग्छ तिमीले अकै छान्यौ ।

तिम्रो बचनको तिखो झिरले
ताकेर यो मनमा हान्यौ ।
तिम्रो मान्छे महैन अब
लाग्छ तिमीले अकै छान्यौ ।। दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *