Skip to content

तिम्रै तस्बिर चुने ।

मैले किन तिमी संग
धेरै थरी सपना बुने,
मेरो मनको मन–मन्दिरमा,
फेरी तिम्रै तस्बिर चुने ।

झुप्रो पनि बाध्ये मैले
मायाको नयाँ घर बनाउन,
कयौँ कोसिस गरे मैले
तिम्रो लागि डोली सजाउन,
मौलाएको सानो दुबो टिपी
नकल गदै माला उने,
मेरो मनको मन–मन्दिरमा,
फेरी तिम्रै तस्बिर चुने ।

सोच्नु हुन्न र मैले पनि
आफ्नो छुटै घर बनाउन,
रहर थिएन र मलाई पनि
तिम्रो सिउँदो आफै सजाउन,
तिमी जति टाढा भएनी
तिम्रै मायाले मनमा छुने,
मेरो मनको मन–मन्दिरमा
फेरी तिम्रै तस्बिर चुने ।

मैले किन तिमी संग
धेरै थरी सपना बुने,
मेरो मनको मन–मन्दिरमा,
फेरी तिम्रै तस्बिर चुने ।,,,,,,,,,,,,,,,दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *