Skip to content

लुट्नेहरु धेरै छन् यँहा

सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥

धकमक्क फक्रिएको सुन्दर फूल देख्ने बितिकै
भमरा सरी बास्ना चाहार्न जुत्नेहरु धेरै छन् यँहा ॥

आँखा चिम्ली कसैलाई नि बिश्वाश तिमि नगर
तिम्रो आँशुमा हाँस्दै ताली चुत्नेहरु धेरै छन् यँहा ॥

आफ्नै सामु अत्याचारको नाङ्गो नाच टुलुटुलु हेरी
निदाएको अभिनय गरी सुत्नेहरु धेरै छन् यँहा ॥

सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥

1 thought on “लुट्नेहरु धेरै छन् यँहा”

Leave a Reply to shine Cancel reply

Your email address will not be published. Required fields are marked *