मेरो भावना
टाढा भए पनि मेरो
याद नटुटाउनु
म मरे पनि तिमीले
चुरा नफुटाउनु ।।१।।
सौभाग्यको रातो टिका
निधारै मा रहोस
तिम्रा चोटहरू सबै
ईश्वोरले नै सहोस ।।
आँखा बाट कहिलै तिमीले
आँसु नछुटाउनु
म मरे पनि तिमीले
चुरा नफुटाउनु ।।२।।
मेरा यादहरूलाई
तिमीले सम्हाल्नु
दु;ख छोडी सधैँ तिमीले
सुख अंगाल्नु ।।
सँधैं भरि दु:खी भई
सुख नालुटाउनु
म मरे पनि तिमीले
चुरा नफुटाउनु ।।३।।
टाढा भए पनि मेरो
याद नटुटाउनु
म मरे पनि तिमीले
चुरा नफुटाउनु ।।
पुस्कल पौडेल (प्रतिक)
मेरो अन्तर हृदयको भावना- म र मेरो आत्मा संग जोडिएको छ जस्मा बनावटी र देखावटीभन्दा वास्तविक र ध्रुब सत्य कुरा बढी छ ।

hi
k ho puskar ji poem ta babal 6 ni ta………….
l2ct8l
At this time it seems like WordPress is the best blogging platform available right now. (from what I’ve read) Is that what you are using on your blog?
Thank you
धन्यवाद
हैन । यो ड्रुपालमा बनेको हो ।
हैन । यो ड्रुपालमा बनेको हो ।