Skip to content

एउटै मुटु पनि आज तिमीसँगै पठाएछु

  • by


एउटै मुटु पनि आज तिमीसँगै पठाएछु
सोच सानु पीडा मैले के गरेर खटाएछु ।

छट्पटीमा रात बित्छ बिछोडको दिनदेखि
सास बिना यादले मात्र आजसम्म कटाएछु ।

जीवन ज्यूने साहारा नै आज पराई बनेपछि
सराबको साथ लिदै पिर ब्यथा घटाएछु ।

म बाँचुन्जेल तिम्रौ खुशी हेर्न पाए हुन्थ्यो भन्दै
पुजा गर्दै प्रभुलाई अचेल मैले हटाएछु ।

भरतपुर-१३, गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *