Skip to content

गोरू र गाई नारेको लौ हेर

  • by


गोरू र गाई नारेको लौ हेर
सत्य बसाइँ सारेको लौ हेर

खुशी कसैको सहन नसकी
चरा बटाई मारेको लौ हेर

पैसा सम्झदा जे गर्न तयार
घर सलाई पारेको लौ हेर

यता न उता डुलाएर खुट्टा
कतै नबसी टारेको लौ हेर

मूर्खको औषधि हुदैन भन्थे
बालुवालाई खारेको लौ हेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *