Skip to content


१. मलाई लाग्यो,
ऊ आउँछ र थुम्काथुम्की सम्याउँछ,
अनि, चारैतिर सिरसिर वतास चल्छ,
कोलाहल ध्वनि मधुरतामा बदलिन्छ,
मसाले हात सिर्जनामा लहसिन्छ ।

२. त्यसैले रहर पालेँ,
शब्दहरूको धरोहर बनाएँ,
जहाँबाट जन्मपूर्व र मृत्युपर्यन्त
अध्याय, अध्याय बन्नेछन्,
सुरिलो भाकामा हरिया पत्रहरू गीत गाउँनेछन् ।

३. तर, ढाकरे ठूल्दाइ उही युगमा देख्छु,
कोठीकी महारानीको
उस्तै अठ्ठाहास सुन्छु,
र, मुसा दौडका पेटहरू
रणमैदानमा एकोहोरो जुटेको भेट्छु ।

४. खै, ढोलकको आवाज जति घन्के पनि
आश्वासनका पोकापन्तेरा झुण्डिए पनि
हिजोझैँ आज देखिरहेछु,
रङ फेरिने छाँटकाँट छैन,
अझै गुलियो मन भएकै छैन ।

५. नीति कागजको कागजै रह्यो
लाहुर गएको ठिटो रित्तो हात फक्र्यो,
एकएक गर्दै दिन टर्दै गयो
र, अब हिजैका पाइला टेक्दै
मुत्यु-रेखासम्म पुग्नु पर्यो ।

तपेश्वरी-१, गल्फडिया, उदयपुर
हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी,
फोन नं. ०३१५२००३८
सम्पर्क ः मो नं. ९८४२८२९२०६
दिनाङ्क ः ०६९।०१।२९

2 thoughts on “मृत्यु-रेखा”

  1. dherai din pa6i aaeki meri kabita
    thanks ks sir,
    yahi webko madyambat mero dherai sang samparka vayo. radio, fm ma mera rachan baje , majheribat sabhar garer,
    ma kaha anumatiko lagi request aautyo,
    once more THANK YOU VERY MUCH

  2. धन्यवाद नन्दलालजी !
    धन्यवाद नन्दलालजी !

    मझेरी माध्याम हो; स्तरीय लेखहरू धेरैमा पुग्न सकुन् । त्यसो भएमा यसको स्थापना भएको सार्थक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *