Skip to content

न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ

  • by


न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ
न तिमीले हार्न जान्यौ न त मैले हार्न सकेँ

भेटी रहेँ यात्राभरि कति कति भेलहरू
समातेर हात न त सँगै खोला तार्न सकेँ

डाकीरह्यो योवनले मुटुका ती स्पन्दनमा
संगालेर प्यारलाई न म बास सर्न सकेँ

गयौ तिमी रंगिएर सिन्दुरले हाँसी हाँसी
तिम्रो बिदाईमा हाँस्न न त आँशु झार्न सकेँ

समयले हामीलाई जून घाम बनाई दियो
न तिमीलाई पाउन सकेँ न त माया मार्न सकेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *