संसारको दृश्य देखाई आमा नामको रीत भोग्यौ
सन्तानलाई माया बाँडी ममताको प्रीत भोग्यौ ।
दस धारा दुध पिलाई बालकरुपी जीवन दिई
जिन्दगीभर सन्तानकै रुवाइको गीत भोग्यौ ।
धर्ती अनि आमा रूप सराबरी हुन्छन् अहो !
आमा रूप पाएर नै साइनोको जीत भोग्यौ ।
खाली पेट भोक तिर्खा सबै सबै सहेर नै
छोरा छोरी हुर्काउँन आफ्नो मीठो हित भोग्यौ ।
आफ्नी जीवन समर्पित सन्तानकै लागि भनी
आखिरमा बुढेसकाल एक्लो शुन्य मीत भोग्यौ ।
आचार्य प्रभा
(रचना -अप्रिल १९ १२)
(माता तिर्थ औँशिको पुनित अवसरमा रचित गजल उनै ममतामयी आमाहरूमा समर्पित)

