माया पाउन तिमी मतिर, अबदेखि धाउने नगर
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।
तिमीदेखि म पर पर हुनु, मेरो कयारता पक्कै होइन
एक पल पिछा नछोडी मेरो, जताततै छाउने नगर ।
बेकार निद्रा खराब हुन्छ……………..
माया लाउने र पाउनेमा, मन छैन मलाई कुनैमा
मन नभई नभैकन माया, जबर्जस्ती लाउने नगर ।
बेकार निद्रा खराब हुन्छ……………
मनमनमै सजाई मलाई, फूल-मालाले पुजे पनि
तिम्रा कल्पनाहरूमा मलाई , घरि घरि दाउने नगर ।
माया पाउन तिमी मतिर, अबदेखि धाउने नगर
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।