Skip to content

आफ्नै जीवन आफैलाई,अहिले भार भयो

“गीत”
घरकी छाडी अन्तै नजर,लाउँदा हार भयो
आफ्नै जीवन आफैलाई,अहिले भार भयो
___________________________
बैंश छँदा हेर्थे सबले,भुल्थें म पनि
आफ्नै बागको फूल लत्याई,डुल्थें म पनि
जता फर्क्यो रेट्न खोज्ने,तिखो धार भयो
आफ्नै जीवन आफैलाई,अहिले भार भयो
___________________________
बिग्रियो मति बस्नु पर्यो,सँधै आँखा रुझाई
बस्नु पर्ने रहेछ जे छ,त्यसमै मन बुझाई
सबै सामु यो ज्यान मेरो,सुक्या झार भयो
आफ्नै जीवन आफैलाई,अहिले भार भयो
____________________________
घरकी छाडी अन्तै नजर,लाउँदा हार भयो
आफ्नै जीवन आफैलाई,अहिले भार भयो
_____________________
-:राजेश रुम्बा लामा “अतृप्त”
१४-१२-२०११
Note : म आजकल बिहानीको ड्युटीले गर्दा सारै ब्यस्त छु,तथापि मनमा खेलेका केहि शब्दहरु यसो उनेर हेरें,के कस्तो भो कृपया तितो सत्य प्रतिक्रिया दिनु है ल | ,

1 thought on “आफ्नै जीवन आफैलाई,अहिले भार भयो”

  1. अत्यन्तै शिक्षामुलक छ यो गीत
    अत्यन्तै शिक्षामुलक छ यो गीत ! उत्कृष्ट लाग्यो !

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *