Skip to content


सधैँ सुनौली बिहानीले शुभ संकेत छर्दछ
तापनि यहाँ विश्वाशघात हुन्छ
त्यसैले मानव भयभित भएर कामिरहेको हुन्छ
धुरुधुरु रोइरहेको हुन्छ
शान्तिको कामना गरिरहेको हुन्छ
तर निलो आकाशको क्षितिजले पनि शान्तिको प्रत्याभूति गरिरहेको हुन्छ ।

शान्तिमानै मानविय चेतना उजागर हुन्छ
शान्तिमानै सद्भाव फैलिन्छ
शान्तिमानै मानव सभ्यता चुलिन्छ
त्यसैले यहाँ विश्वास फुलुन
श्रद्धाको दियो प्रज्वलित होउन
नयाँ वर्षको आगमन सँगै, सुख शान्तिको समृद्धीको
मंगलयम कामना नेपाली गाउँवस्तीमा पुगुन
र सबैमा विश्वास फुलुन ।

कुपण्डोल, ललितपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *