Skip to content

नसोची देशै जलायौ

  • by


नसोची देशै जलायौ नेता !
कुनामी आँधी चलायौ नेता !

नठानी आफ्नै विरामी आमा
लगाई पासो ढलायौ नेता !

जगाई मिथ्या सुनौलो आशा
सबैको आत्मा दलायौ नेता !

बिकालू तिम्रो मसीले लेख्दा
जनैको भावी थलायौ नेता !

भराई सारा लुटेरी झोली
निराशा धेरै फलायौ नेता !

छन्द – जवाकस्तुरी
lSS SSl SSS S
(५ अक्षरमा विश्राम)

सजना गुरुङ
कुस्मा, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *