भन्ने जति त भनिसकेँ
लाग्दैन केही छुटेकोछ
दुखेर मुटु त्यहाँ जस्तै
यहाँ नि भक्कानो फुटेकोछ ।।
गल्ती मबाट भएकै हो
सक्दिन नजर जुधाई हेर्न
शिर ठड्याई सामु उभिन्थेँ
सक्ने भए यो संसार फेर्न ।।
बेल्न लाई तिमीसँग
सामर्थ्य केही जुटेको छ
दुखेर मुटु त्यहाँ जस्तै
यहाँनी भक्कानो फुटेको छ ।।
औलेको फूल मान्यौ भने तिमीले
फेरि त्यो मनमा फुल्न सक्दिन
म तिमी अनि तिम्रो मायालाई
अन्तिम क्षणमा नि भुल्न सक्दिन ।।
गुट्मुट्याई मलाई पनि
त्यो मनले यो मन लुटेकोछ
दुखेर मुटु त्यहाँ जस्तै
यहाँनी भक्कानो फुटेकोछ ।।
भन्ने जति त भनिसकेँ
लाग्दैन केही छुटेकोछ
दुखेर मुटु त्यहाँ जस्तै
यहाँ नि भक्कानो फुटेकोछ ।।
पुस्कल पौडेल (प्रतिक)
