Skip to content


म सत्ययुगको मान्छे
त्रेतायुगको बिरुद्ध त बोल्ने मान्छे
म थोरै बोल्छु
धेरै पनि बोल्दिन
थोरै बोलेर त मेरो कुरा कसैले सुन्दैनन्
भने
धेरै सत्य किन उडाउन दिऊँ
धेरै व्यक्ति झूठ बढी बोल्छन्
सत्य मीठो मान्दैनन्
त्यसैले
तीतो सत्य भन्छन्
तर

बढी बोल्दा पनि सत्यनै बोल्छु
सत्य थोरै बोल्दा त मलाई पागल भन्छन्
धेरै सत्य बोले योभन्दा धेरै यातना दिन्छन्
त्यसैले म निचोड बोल्छु
सत्यले प्रहार गर्छु
सचेत गराउँदछु
सत्य भन्छु
सत्य बोल्दा सधैं ताजगीको महसूस गर्दछु
सत्यलाईनै न्याय मान्छु
डरलाग्छ त बस् असत्यदेखि
तसर्थ
मेरो प्राण सत्यको खोजीमा हरदम लागिरहन्छु
दुनीयाँको आन्दोलनहरूमा सत्य बिष्फोट भएको देख्छु
म खुशीले गद्ग-गद् हुन्छु
फेरि असत्यको सरकार बन्छ
म फेरि एक्लो हुन्छु
म फेरि एक्लो हुन्छु

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *