Skip to content

आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु

आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु
जवानीले पूर्ण प्रवेश, तिमीभित्र पा’को देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

बात पनि त्यस्तै गर्छौँ, काउकुती नै लाग्ने गरी
ओठ पनि वैंशले तिम्रो, रसिलो भा’को देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

हाँसो तिम्रो झनै यस्तो, नशालु ती आँखा पनि
लठारिँदै सपनीमा तिमीसितै डुले’को देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

कस्तो मिठो बास्ना तिम्रो, शरीर सबै जलाउने
त्यसैले त वरिपरि, भमराको ताँती देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

माटोभित्र लुकी लुकी, पाकेको त्यो खनायोलाई
खोतलेर चाख्न तिमी, लठी खोज्दै गर्‍या देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

शंकर”शुन्य”

Leave a Reply

Your email address will not be published. Required fields are marked *