फूल फुल्यो
ओइलिनु थियो,
ओइलियो त के भयो ?
घाम झुल्क्यो
अस्ताउनु थियो,
अस्तायो त के भयो ?
भो पर्दैन चिच्यौनु
एकै छिन
पर्खिदेउ भनेर ।
भो पर्दैन अत्तालिनु
एकै छीन
हासी देउ भनेर ।
आयु पुग्यो
झर्यो डाँडाबाट
जिन्दगी त भेलभित्र
डुब्नु उत्रनु डुब्नु उत्रनु
बस,
अन्तमा जिन्दगी
फूलको कथा बन्यो,
घामको लालिसङ्ग उदायो
अनि
साझको गोधुलीसँगै अस्तायो ।
सुजन सेलिङ “लुङमाहिम साँहिला “
