हरपल हरघडी हिँड्नै पर्ने यो टेडो जिन्दगी
चाहेर या नचाहेरै बग्नु पर्ने गल्छेडो जिन्दगी
कति बुने सपनाका घरहरू बिपनामै टुटे
एउटा सोच्यो अर्को हुने कस्तो रैछ बखेडो जिन्दगी
आफू भलो जगत भलो हुन्न रैछ सोचे जस्तो यो
सिधा हेर्दा बांगो देख्ने अजिब छ यो डेडो जिन्दगी
बाँच्नैको लागि बाँचेको हुँ कि बाँच्नु बिबशता मेरो
चुस्दा चुस्दै निख्रिएको लप्सी पो हो कि गेडो जिन्दगी
धिक्कार्छु जन्मिएर बोझ भए कि देशको म पनि
लैलैमा नै पछि लाग्ने बिना सोचको यो भेडो जिन्दगी
