सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
तिमीलाई दुख्दा मेरो मन् किन रुन्न र?
रिसाउँदा देख्छु शित आँखामा छल्केको
जता तिमी उतै मेरो माया छ ढल्केको
बिझाउने काँडा बिझ्दा मुटुमा छुन्न र?
तिमीलाई दुख्दा मेरो मन् किन रुन्न र?
छोड अब शंका गर्न विश्वास गरन
अंजुलीमा हैन प्रेम घडामा भरन
द्वेशराग हामीबिच प्रितले धुन्न र?
तिमीलाई दुख्दा मेरो मन् किन रुन्न र?
सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
तिमीलाई दुख्दा मेरो मन् किन रुन्न र?
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
