Skip to content

गोर्खाली भै हिजो आज झुकेको छ मेरो देश

  • by


गोर्खाली भै हिजो आज झुकेको छ मेरो देश
शान्ति शान्ति भन्दै कठै भुकेको छ मेरो देश

आतंकले खुट्टा तान्दा पर्गती र उन्नतिमा
बिश्व सामु चिनिन नै चुकेको छ मेरो देश

उत्तरमा तिब्बत छ दक्षिणमा मधेस भै
मेची-काली फैलिएर फुकेको छ मेरो देश

भारतले लाग्यो माटो चीनले नि सुरु गर्दा
सानो राष्ट्र झनै अहिले सुकेको छ मेरो देश

रातो झन्डा ढलाएर दौरा पनि जलाउँदा
हिजो आज साह्रै नै पो दुखेको छ मेरो देश

स्याङ्जाली रमेश
स्थायी घर : अर्जुन चौपारी ४
हाल : मरुभूमिको छातीबाट
(घायलको तरही मुसायरा २७औ भागमा मेरो प्रबेश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *