Skip to content


नियतिको खेल यस्तै खेल्यो जिन्दगीले
जीतभन्दा हार बढी झेल्यो जिन्दगीले

जिन्दगीको ओत भन्नु यही मनको छाता
वर्षात्मा घाम पानी छेल्यो जिन्दगीले

अँगेनामा खाली खाली तावा मात्रै तात्यो
बिना आँटो भोक मात्रै बेल्यो जिन्दगीले

आज भन्यो भोलि भन्यो दिन मात्रै गन्यो
माकुराको जालोजस्तै जेल्यो जिन्दगीले

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *