संबिधान,
शहिदहरूको सपना
साकार हुने गरी बनोस ।
संबिधान,
जनयुद्धको महान उदेश्यहरू
आत्मासाथ गरेर बनोस ।
संबिधान,
जन-आन्दोलनको बिशाल
मानव सागरको आकाङ्क्षाहरू
सम्मान गरेर बनोस ।
संबिधान,
लिम्बुवान, खम्बुवान, कोचिलाको
ऐतिहासिकतालाई,
मनन गरेर बनोस ।
संबिधान,
मधेश, थारुवानको
लडाईंलाई बोकेर बनोस ।
संबिधान,
ताम्बासालिङ, नेवा:खल, मगरातको
भावना लिएर बनोस ।
संबिधान,
तमुवान, खश, कर्णालीहरू
समेटेर बनोस ।
संबिधान,
ढिलै बनोस
तर संबिधान,
जनताको संबिधान बनोस ।
संबिधान,
भोका, नाङ्गा, बेरोजगार
असमानता, अशिक्षा
जता ततैको समस्या, अभावहरूको
समाधान बनेर बनोस ।
संबिधान,
जनताको गास, बास, कपास
बनेर बनोस ।
संबिधान,
साच्चिकै जनताको संबिधान बनोस ।
संबिधान,
सम्रबृद्ध राष्ट्र निर्माण गर्ने,
नेपाली जनताले चाहेको
नेपालको संबिधान बनोस ।
न कि,
भोलि बिहान
संबिधान घोषणा हुँदा
त्यही साझ जलेर
संबिधान खरानी नबनोस ।
सुजन सेलिङ “लुङमाहिम साईला”
बिरानो देशबाट
