Skip to content

हात दिए ए हजुर

  • by


हात दिए ए हजुर घरबार सजाउँथे
साथ दिए ए हजुर घरबार सजाउँथे

सुस्त सुस्त चढ्दै जाने त्यो जवानीको
मात दिए ए हजुर घरबार सजाउँथे

अंगालोमा बेरिएर तिम्रै हुँ म भनेर
बात दिए ए हजुर घरबार सजाउँथे

अङ्ग तिम्रो सुम्सुम्याई चाहना यो पूरा गर्न
रात दिए ए हजुर घरबार सजाउँथे

‘अतृप्त’यो मनलाई मायाको त्यो खानीको
खात दिए ए हजुर घरबार सजाउँथे

शृङ्गारिक “गजल”
राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *