Skip to content

ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ

  • by


ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ
जस्ले बढी दाम तिर्छ उसै सँग नाच्दी रैछौ ।

साँचो माया गर्नेको दिल, दुखाएर आज भोलि
गाँजा रक्सी पिउनेसँग, नाता आखिर गाँस्दी रैछौ ।

उमेर छदै सराबको नशा सँगै जीवन काट्दा
ढल्कियो कि वैँश भन्दै आफ्नै शरीर जाँच्दी रैछौ ।

जिन्दगीको अन्तिम साथ दिने तिम्रो मै हो भन्दा
मदहोसी मै सबको सामु बदनाम् गर्दै हाँस्दी रैछौ ।

आफ्नै जिउलाई बिकाएर मोज मस्तीमा भुल्दा अचेल
जस्ले माया गर्न खोज्छ उस्कै ढाँड भाँच्दी रैछौ ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर -१३, गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *