सबै जाति मिलीजुली सँगै बस्ने शहर त्यो
टुक्राएर रमाउने कस्तो होला रहर त्यो
संबिधान देउ भन्दै माग्दै थिए जनताले
छाल जस्तै उर्लिदैथ्यो जनताको लहर त्यो
भोको पेट बाँचेका छौं गरिवको बेहाल छ
निमुखाको आँशु हेर्ने पापी रै’छ नजर त्यो
जून पनि रुदै छ रे हाम्रो दु:ख देखेपछि
नेपालको धर्ती माथी उराठ छ सगर त्यो
कोही थिए रोए जस्तै तर धेरै हाँस्दै थिए
नेताहरू भन्दै थिए राम्रो थियो सफर त्यो
अज्ञात पाल्पाली
