पटुकीले कस्नु गुन्यू लाज छोप्न फाटे सिउनु
आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
इज्जेत गर्नु पर्छ हामीले आफ्नै भाषा आफ्नै भेषलाई
चिनोस सारा दुनियाँले छुट्टै पनमा हाम्रो देशलाई
मुखको स्वादमा भुल्नु भन्दा गुन्द्रुको झोल नै पिउनु
आफ्नै पनमा इज्जेत हुन्छ प्रिय गर्व गरी पर्छ जिउनु
बाहिरी चमक देखाएर भित्रि खोक्रो हुनु-हुन्न
हावा चल्दा आधुनिकको त्यसले हामीलाई छुनु-हुन्न
बाट्नु कपाल दुई चुल्ठी लाली-गुराँश सिउरिनु
जोगाउनु छ हाम्रो संस्कार प्रिय बोल्दा हल्का निउरिनु 🙂
पटुकीले कस्नु गुन्यू लाज छोप्न फाटे सिउनु
आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
राजेश रुम्बा लामा “अतृप्त”
०२-१२-२०११
