Skip to content

यसो त्यसो त चलेकै छ


तिम्रो पो निभ्यो मायाको दियो
मेरो त अझै बलेकै छ
तिम्रो साथ बिना नि जीवन
यसो त्यसो त चलेकै छ ।।

बिश्वास छैन तिमी अझै नि
मलाई छोडी अन्तै गयौ
कति खेर कुन मोडमा तिमी
एक्कासि परिवर्तन भयौ ।।
बाहिर ठिक्क हाँस्दै हिडे नि
भित्र त मुटु जलेकै छ
तिम्रो साथ बिना नि जीवन
यसो त्यसो त चलेकै छ ।।

हाम्रो माया थाहा नपाउन भन्ने
म होइन त्यो तिमी थियौ
हाम्रो माया गोप्य राखौं भन्ने
म होईन त्यो तिमी थियौ ।।
तिमीले ढालेको मायाको पर्खाल
अहिले पनि त ढलेकै छ
तिम्रो साथ बिना नि जीवन
यसो त्यसो त चलेकै छ ।।

तिम्रो पो निभ्यो मायाको दियो
मेरो त अझै बलेकै छ
तिम्रो साथ बिना नि जीवन
यसो त्यसो त चलेकै छ ।।

2 thoughts on “यसो त्यसो त चलेकै छ”

  1. पुस्कल पौडेलजी !
    पुस्कलजी,

    मझेरीमा पूर्ण रचनाहरू मात्र पोस्ट गर्नुहोला । अंशहरू मात्र राखेर पोस्ट नगर्नुहोला । म अहिले यो पोस्टलाई इङ्कित गरेको छु, जुन मझेरीबाट हटाइसकिएको छ ।

    ———-
    गजलको एक टुक्रा

    मलाई लाउने प्रीत अब
    अरुलाई नै लाए हुन्छ
    पट्यार लाग्दा कहिले काहीँ
    यसो घुम्न आए हुन्छ ।।

  2. मलाई माफ गर्नुहोस्
    गजलको एक टुक्रा

    मलाई लाउने प्रीत अब
    अरुलाई नै लाए हुन्छ
    पट्यार लाग्दा कहिले काहीँ
    यसो घुम्न आए हुन्छ ।।

    म बनावटी कल्पनामा भन्दा यतार्थ र बास्तविकतामा बिश्वास गर्ने मान्छे भएकोले कुनै पनि घटनाको बास्तबिक बिबरण आउन समय लाग्ने हुन्छ त्यसैले यो गजलको सुरुवात त भयो तर यस्को अन्त्य कहिले र काहाँ हुन्छ मलाई थाहा छैन। किनकी यो तब अन्त्य हुन्छ जब त्यो घटनाको अन्त्य हुन्छ यसर्त मलाई माफ गर्नुहोस् म यस गजललाई पुरा गर्न असमर्थ छु यस्को लागी केही समय प्रतिक्षा गर्नै पर्ने हुन्छ।।।।।।।
    पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply to ks Cancel reply

Your email address will not be published. Required fields are marked *