Skip to content

छोरा छोरी नाचेन


आज फेरि बिहानीमा भाले बसेन
लालीकिरण सँगसँगै हिमाल हाँसेन

तल्लो घर र माथ्लो घरमै काटाकाट चल्न थाल्यो
तेह्रौ पुन्य तिथिमा नि दुना टपरी गासेन

आफ्नै रगतको नातामा नि स्वार्थ पस्न थालेपछि
विश्वास जति स्वाहा भयो प्रीति साचेन

धनको पछि लाग्दै हामी डलर बटुल्दा
आमा बाबु श्रीमती छोरा छोरी नाचेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *