Skip to content


हरेश खाएर हुदैन
मन्दिर धाएर हुदैन

आफ्नो संस्कृति भुलेर
पश्चिमी गीत गाएर हुदैन

आफ्नो पहिचान बनाउनु पर्छ
अर्काको भेष लाएर हुदैन

मादल र मुर्चुगा भुलेर
विदेशी धुन बजाएर हुदैन

पहिला कान छाम्नु पर्छ
कागलाई पछ्याएर हुदैन

आशक्ति छैन भने कसैमा
कुनै कुरामा लोभ्याएर हुदैन

एक्काईसौं शताब्दीमा पनि
पुरातन दाउने दाएर हुँदैन

कुरा बुझ्दै नबुझी ब्यर्थ
अरुलाई खोट देखाएर हुँदैन

घाँटी हेरी हाड निल्नु पर्छ
देखावटी छानो छाएर हुदैन

गजल लेख्ने गाउनेहरूले
‘भावना’ लाई लत्याएर हुदैन ।

2 thoughts on “लत्याएर हुदैन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *