क्षितिजलाई अङ्गालोमा बाधेर
पारीबाट
पाथिभरा र सिरिङ्गजोकले
पल पल एकोहोरो,
मायाले, इर्श्याले
अनेक अनेक
कल्पना र भावनाले
हेरिरहन्छन सामाङ्खुलाई ।
सायद लाग्दो हो
पाथिभरा र सिरिङ्जोकलाई
समाङ्खु आँफैमा एुउटी
स्वर्गबाट झरेकी अप्सरा हो ।
उनीहरू मध्ये
एकको अङ्गालोमा
सामाङ्खु सधैं सधैंलाई
बाधिएकी होस् ।
हुन पनि त हो
तल “इङ्वा”खोला
सामाङ्खुको पाउजु भएर
युगौ देखी सलल बगेकी छे ।
माथि शिरमा
गजुर सझाए झै “सातथुम्के”
लाली गुरास र चाप भएर
सिङ्जाङ्गोको मिठो सुगन्धसँग
गमक्क फूलेकी छे ।
सामाङ्खुको काखै भरी
ऐतिहासिकता बोकेको
“सेप्सिङ्लुङ”र “थेगुबुङ”
अनी,
“गुप्तेस्वरको गुफा”
उस्को चन्द्रहार भएर बसेका छन ।
अनी माथि
“भैसे पोखरी” देखी
तल इङ्वा खोला सम्म
ठाडु खोला
उस्को तिल्लहरी भएर बगेकी छे ।
उस्कै न्यानो काखमा हुर्किएको म
अनी कसरी भुल्न सकु ?
कालिज मयुर र डाफे बनेर
बाराकुटी खेलेको ?
खै ! समाङ्खुले
कतिलाई भर्तिवल बनायो रे ।
कतिलाई पढ्न लेख्न सिकायो रे ।
धेरै राम्रा, नराम्रा
सन्तानअहरू जन्मायो रे ।
तर —
सामाङ्खु न आँफै हिड्यो,
सामाङ्खुले न आफुलाई भनेर
कसैसँग केही माग्यो,
अरुलाई सर्बस्व दियो मात्र ।
बास…
आँफैमा सारा ब्यथालाई कुल्चेर
रमाइरहयो, हासिरहयो ।
ऊ कहिलै दुखी बनेन ।
ऊ सङ्ग जे थियो,
त्यहिसँग खुशी बन्यो ।
कसैलाई केही मागेन,
आपत्तिमा नि भागेन ।
शिरको सतथुम्के गजुर
तल इङ्वा खोलाको पाउजु लाएर
सेप्सिङ्लुङ, थेगुबुङ र गुप्तेस्वरको
चन्द्रहार सझाएर ….
सधैं रमाइरहने सामाङ्खु
अपसोच !
उनको सन्तानहरू
काटमार् गर्छन् रे अहिले
यो देखेर सामाङ्खु
शोकबिब्लहमा डुबेकी छे रे !
यति बेला
कामना गर्नु पर्छ
कि,
सामाङ्खुको ति बेहाल दिनहरू
कहिलै नाआवस ।
सामाङ्खु हासिरहोस्, रमाइरहोस् ।
नोट :-
यो कविता जनयुद्धकालिन् समयमा लेखिएको हो । कविता बिभिन्न साहित्तिक् पत्रीकाहरूमा प्रकाशइत भैइ सकेको छ ।
केही भाषिक अर्थ:-समाङ्खु-पाँचथर जिल्लामा पर्ने एउटा गौको नाम हो
सेप्सिङ्लुङ:-सामाङ्खुमा अवस्थित धार्मिक स्थल
थेगुबुङ:-सामाङ्खुमा रहेको ऐतिहासिक सिमलको बोट
इङ्वा:-सामाङ्खुको फेदिमा बग्ने ताप्लेजुङ् र पाँचथर जिल्लाको सीमाना खोलाको नाम
सिङ्जाङ्गो:-फूलको नाम लिम्बु
