आँखाहरू ओभाएनन् बर्षादको झरी पर्यो
नेपाल आमा भन्दैछिन् मेरो छोरो ब्यर्थ मर्यो
भागवण्डा नमिलेर आफ्नै घर फुटा’का छन्
लोभीपापी यो जमात पालैपालो चर्नु चर्यो
शान्तिप्रिय नेपालमा अशान्तिले बास गर्यो
हत्या युद्ध आतङ्कको कपुतले बिउ छर्यो
नालापानी काँगडाको बिरगाथा भुलेपछि
मेरो देश टुक्राउने पराईले बुद्धि भर्यो
संविधान अन्त्य गर्दै बनाउछु भन्दैछन
निर्माण ठेकेदारले भत्काएर गर्नु गर्यो ।
