Skip to content

मेरो बेहालमा रमाऊ तिमी नै

गजल

—– दिंग्लाली कान्छो

मेरो बेहालमा रमाऊ तिमी नै
नाम बदनाम कमाऊ तिमी नै

तिम्रै कारणले बेहाल भएँ म
डेरा अन्यत्र नै जमाऊ तिमी नै

यात्रा म संगको लागेर ढिलो की
द्रुत गति भेटे समाऊ तिमी नै

मैले मागेका ति कोमल हात चैं
आज अरुलाई थमाऊ तिमी नै

हार्नु परे मैले जीवन हार्ने हो
जीत केवल न गमाऊ तिमी नै

Leave a Reply

Your email address will not be published. Required fields are marked *