Skip to content

दौरा सुरुवाल लाईन्छ के नै बिग्रेला र !


गजल

— दिंग्लाली कान्छो

दौरा सुरुवाल लाईन्छ के नै बिग्रेला र !
सिंगै चन्द्र सूर्य चाईन्छ के नै बिग्रेला र !

धारो आँगनमा ल्याएर कति बिकाश भो ?
उही पँधेरामा धाईन्छ के नै बिग्रेला र !

नयाँ महलमा सुनको छानो हालेको रे
आफ्नो परालले छाईन्छ के नै बिग्रेला र !

आफू संसारको हावामा कतै बगिएन
झोल गुन्द्रुक कै खाईन्छ के नै बिग्रेला र !

अरु संग भर नपर आफैं तयार हौ
केहि छिन दु:ख पाईन्छ के नै बिग्रेला र !

बेचे आफू मात्र नबेचे सारा सन्ततिको
नर्क न गै स्वर्गै जाईन्छ के नै बिग्रेला र !

राष्ट्र राष्ट्रियता बिर्सेर सौदा गरौला हे
खबरदारीमा आईन्छ के नै बिग्रेला र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *