Skip to content

मरेको म रात तिमी नरुनु

गजल

—– दिंग्लाली कान्छो

मरेको म रात तिमी नरुनु
जांदैन त्यो जात तिमी नरुनु

लड्या हैन वृक्ष दिने छहारी
झरेको हो पात तिमी नरुनु

बेहोशीमा थियौ जति पहिले
घटाएर मात तिमी नरुनु

कोपिलामा फूल देख्या बखत
लगाएर बात तिमी नरुनु

नहुँदामा साथ एक्लो हुँदैन
समाएर घात तिमी नरुनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *