पानी सरी जिन्दगी यो पानी जस्तै बग्न खोज्छ
कर्कलको पानी जस्तै ढल्मलिएर चल्न खोज्छ
साउनको भेल जस्तै उर्लिएर बग्छ यो त
हिमालको मुहार जस्तै कहिले हाँस्छ, रुन्छ पो त
सिमलको भुवा जस्तै, कहिले उड्छ कहिले झर्छ
आकाशको बादल जस्तै गडमडिएर झर्न खोज्छ
रोदीघरको मादल जस्तै आफ्नै धुनमा बज्न खोज्छ
संगीतको सूर जस्तै, आफ्नै सुरमा ब्यस्त हुन्छ
खोली बीचको माछा जस्तै आफ्नै कुवामा लुक्न खोज्छ
नेपालको छोरो म त नेपाल भित्रै झुक्न खोज्छ
जतिसुकै झुक्न खोजे पानी जस्तै सुक्न खोज्छ
पुष्प जस्तो जिन्दगी यो ओईलिएर झर्न खोज्छ
फुल्दा-फुल्दै टिपे जस्तै जवानी मै टिप्न खोज्छ
पीडा जति भुल्न खोज्छु झनै मुटु दुख्न खोज्छ
हुरी जस्तै जिन्दगी यो हुरीसँगै चल्न खोज्छ
यात्रा जस्तै जिन्दगी यो, यात्राबिचमै गल्न खोज्छ
बश यात्राबिचमै गल्न पुग्छ
