असिना झैं आँशु ढिका नझरेको हैन
मैले जति तिमीले माया नगरेको हैन ।।
दुख्दा मुटु मेरो साथ दिएको नै थियौ
खुसी हुँदा सँग-सँगै नरमेको हैन ।।
बाध्यताको भुँवरीले उडाएर लग्यो
दुवै मनले दुख सागर नतरेको हैन ।।
दोष यहाँ कसको भन्नु ? समाजै त हो नि
कुरितीका जंजीर तोड्न नसरेको हैन ।।
तर आज के भो के भो टाढा हुनु पर्यो
तिम्रो यादमा पीडाले मन नभरेको हैन ।।
