Skip to content

बिदा गर्दा मुस्कानमा मोती जड्नू

  • by


बिदा गर्दा मुस्कानमा मोती जड्नू तिमी
मेरो लाश चिता चढ़्दा डोली चढ़्नू तिमी

सँगै कहाँ रहन्छन् र ? आकाश धरती
त्यै भएर बादलकोमाथि अड्नू तिमी

अब धेरै बाँच्दिन म नयाँ साथ रोजी
खाली सिउँदो रंगाउन अघि बढ्नू तिमी

लेखेको छु गजलमा हाम्रो प्रेम कथा
यसलाई मेरो अन्त्य पछि पढ़्नू तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *