Skip to content

उमेर बढ्यो बैंश चढ्यो

  • by


उमेर बढ्यो बैंश चढ्यो जवानीलाई नरोक
सारा वैंश देऊ यतै लगानीलाई नरोक

चल्छ जीवन् हाम्रो अब यसै उसै माया गरी
प्यास लाग्दा तिम्ले दिने पानीलाई नरोक

आँखा जुध्दा झुकाउँछौ शिर तिमी मेरो सामु
मलाई देख्दा लजाउने त्यो बानीलाई नरोक

सुख दु:ख जे परे नि तिम्रो साथ्मा हुन्छु सधैं
आँशुहरू बगिजाओस नानीलाई नरोक

राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *