जे भए पनि कुरा त दाइजो नै त हो

20120221_MinaBantawa_Lekh


बिहेमा दाईजो कहीँ पैसा दिन थाले छन, कहीँ के दिन शुरु भयो रे यस्ता घाँई घुइँ सुनिन्छ हाम्रा समाजमा ।

कहीं फर्निचर दिन्छन, कहीं के, कहीं के, फलानोले छोरीलाई यो पो दियो रे, त्यो पो दियो रे, हाम्रो समाजमा हामी कानले सुनी रहन्छौं ।

दाइजो ? ओहो! ओहो ! दाईजो, हेर्नुस त ? चेलीबेटीलाई कति मायाँ गर्नु भा ?

यो बारेमा मलाई मन मनै खुल्दुली लाग्यो, दुई शब्द प्रस्तुत गर्नु मन लाग्यो आदरणीय मित्रहरू!

जे भए पनि कुरा त दाइजो नै त हो र पन्छाउने काम नै हो भने आजको महंगीको त्यो दाइजोले सान्त्वना मात्र हुन्छ दिनेले त यसो समाजमा नाक थाम्नुको लागि दिन्छन त्यो पनि सबैले त फेरि त्यो दाइजो पनि दिदैनन नि ? छोरी चेली पन्छाउने काम मात्र हो, चेली बेटी छोरी जात त बेहुलापट्टिको पनि हुन्छन, बेहुली पटिको पनि हुन्छन जतैबाट पनि छोरीको जातको मात्र बेहाल भएको छ ?

छोरी भिख लिएर पन्छिने जात मात्र होइन कि उसले उसको दाजु भाइले जस्तै पाउने उसमा अधिकार सरकारले र हाम्रो मस्तिष्कले सोच्नु पर्छ के छोरी जसमा दाजु भाई जस्तो अक्कल, जाँगर शक्ति र दिमाग छैन र ? अनि के त्यही आमा बाबुबाट निस्किएको होइन र छोरीको र छोराको नाता रगत एउटा नै होइन र ? सधैं कमारा जता पनि कमारा हुनु पर्ने यो छोरी जातले,

कहीं सुनिन्छ यहाँ पढ्ने बिषयमा “छोरी पनि शिक्षित छ्न रे” के भन्नु खोजेको भने पढेपछि त दु:ख पाउँदिन भन्ने मात्र हो पढेपछि हो दु;ख नपाउनु सक्छ उ लडेर आफै दरो भएर खान पनि सक्छ तर हाम्रो समाजले लगाई दिएको जुन कुरीति सस्कारले उसलाई सधै पछ्याई बस्छ, उ लड्छ अरे शिक्षित भएपछि लड्दा लड्दै संघर्ष गर्दा गर्दै हरेक नारीको जिन्दगी डुब्छ लड्नु लगाएर कसुरत गर्नु लगाउने ? नारी जातले के त्यस्तो अपराध गरेको थियो र यो कसुरत ? हाम्रो नेपाल र नेपालीको भबिस्य नै बिगार्ने ? पछाडी आँखा भएको समाजले खोइ के देख्यो र ?हैन अरु बिकाशको उन्नतिको मुहानमा लग्नु परेन ? त्यहीं झ्यौलोमा जीवन भर फसी बस्नु पर्छ, संस्कार अथवा जत्ति पनि खंजाड़ भित्र बाँधिने नारीका लागि अनुचित नसुहाउँदो हाम्रो नारी समाजलाई तहस नहस पर्ने जस्ता जत्ति पनि सस्कार छन सबै हट्नु पर्छ र मात्र नारी र पुरुष बराबर हुन् सक्छ नत्र मुलुकी ऐनमा लेखेर, भाषन ठोकेर, एक जनाले मात्र उदाहर्ण गरेर, हुदैन यो त प्रत्येक घर समाजमा लागु हुनु जरुरि छ, नत्र त्यति लाभ दायक हुदैन ।

छोरी शिक्षित भएमा माईतिले छोरीको भार टेन्सन खप्नु पर्दैन आफै लड्नु सक्छ भोलि आफैँ गरेर खानु सक्छ चेलीले भनेर मात्र आज पढ्नु पर्छ भनेका हुन् र छोरी बिक्री गर्नुको लागि धनी ज्वाई पढे लेखेको केटा पाउछन भनेर अनि सासुको कमारी हुनु पर्दैन भनेर यहाँ सम्म आइ पुगेका छन हाम्रा समाजक बुद्धिजीवीहरू त्यसैले यो कुरा ल्याएका हुन हाम्रा नपुंशक समाजले ” नदिने बजै आइत वार बार्छिन” भने झैं एक तिर फेरि अर्को बहाना बनाएका छन, ल ! छोरी त शिक्षित नभई उमेर नछिपीइ सम्पति जिम्मा दिनु हुन्न रे हेहेहे.. यो सब झुठो बहाना हुन् |

“हाम्रो पितृ समाजले छोरी बालक हुँदा बाबुको अन्डरमा, उमेर आएपछि अर्काको छोराको अन्डरमा र बृद्धा भएपछि आफुले नै जन्माएको छोराको अन्डरमा बस्नु पर्ने यो सामाजिक खंजर सस्कारबाट हामीलाई हाम्रा समाजका बुद्धिजीवीहरूले कहिले निकाल्ने वा हामी आफै निक्लनु पर्ने हो ?”

त्यसो भए उमेरै नपुगेको छोरोलाई किन अंश जिम्मा दिन्छन त ? त्यो छोरो नपढेको पनि हुन सक्छ, गांड़ो लठेब्रो पनि हुन सक्छ, भांग धतुरे पनि हुन् सक्छ तर छोरोको त्यत्रो विस्वास ? अनि उसलाई चाहिं जन्म जातै सम्पति नाममा हुने तर छोरीलाई केही गरी नहुने नपुंषक समाज हो यो, यो दाइजो प्रथा, म भन्छु हट्नु पर्छ |

दाइजो मद्यमा पैसा दिने चलन त झन् किन बेच बिखन हो नयाँ युगले अगाडि बढ्नु सिकाएको छ तर पिछाडी सर्नु हैन यो दाइजो प्रथाले हामीलाई अडकाई राखेको छ, इन्डियामा र नेपालमै पनि यो चलनले कत्तिको ज्यान गुमेको छ, र दाइजो नल्याएको आरोपमा जलाएर मारेका छन अपराधको मूल औषधी बनेको छ, यो चलन अति बिकृति हो हाम्रो २ पांग्राको समाजलाई कम्जोर बनाउने एक मूल तत्व हो दाईजो ।

दाईजो कम भएको नल्याएको आरोपमा शारीरिक कसरत दिने मानसिक टचर दिने जस्ता घरेलु हिंसाहरू बढ्दो भई गइ रहेको छ दाइजोले गरिब घराना अथवा दिनु नसक्ने | अवस्थाका मानिसहरूलाई चोट पुराई सामाजिक असर पारेको छ ।

“यतातिर बुद्धि किन नआएको हाम्रो सामाजिक ठुला ठालुहरूलाई !”

अंशै दिन थालेपछि त ५०% समयस्या निमिटन्न भई हाल्छ नि किन कुकुरले पुछार लक्र्यकै झुन्डाएको जस्तो झुन्ड़ाई रहेको यो झुण्डी रहनाले हाम्रो समाजको आधा आकाश थाम्ने नारी जातको समस्या पनि झुण्डी रहेको हो | यसको साथमा हाम्रा भोलिको बिकाश गतिसिल बाटाहरू अन्योलमा झुण्डी रहेका छ्न | गोडाको पनि खानु र कन्या दान गर्नु चाई त अंश दिनु दाइजो नदिनु त्यो नै ठुलो दान हुने छ यडी चेलीको मायाँ लाग्छ भने ।

यस्तै दाइजो प्रथा नहटेको र झुण्डी रहेको कारणले यसको हरेक नराम्रा रुप परिवर्तन हुदै, जादै, पाउदै, सिध्र झन् भोलि गैर कुरीतिमा जान सक्छ, बिहे नगरे ३५ वर्ष उमेर काटेर जिन्दगी बर्वाद भै सकेर पाउनु पर्ने सम्पति छोरीले फेरि बिहे भएपछि फिर्ता रे दुनियाँ झमेला किन ? छोरा सोसरह नै सुरु गर्दा हुन्छ नि बिग्रने त केही देखिन मैले ।

संरक्षकको हकमा बन्ने हो भने उमेर नपुगे बिहे भएर गए बित्तिकै पाउने हैन दाजु भाई सं-संगै सबैको भाग लगाउनु पर्ने हो, त्यसपछि मात्र घर भन्दा पर सरेको चेली भनि बिहेको उपहार माईतिले दिनु मन लाग्दा प्रत्यक जान गन्ति दाजु भाई बाबु आमाले तत्काल सान्त्वनाको लागि उपहार दियर पठाउनु पर्ने हो, केटाले पनि अन्तीम्मा भाग बण्डा आफ्नो बाबुबाट लिन्छ र केटीले पनि अन्तिममा भाग बंडा आफ्नो बाबुबाट लिन्छ, यसरी मिलाएर दिनु लिनु गरेमा हाम्रो समाजको एउटा ठुलो नारी समस्या हट्नेछ यो फईदाले भोलि नेपालीको बुद्धि बिबेक र बिकाशमा बिस्वोमा धेरै छिट्टो चिनिने सम्भावना देखेकी छु, किन कि घरमा छोराले भन्दा छोरीले धेरै सहयोग र हेरचाह कमारी गरेको बापत बिहे गरेर जाँदा उपहारको रुपमा लाख पैसा समान जे दिदा नि हुन्छ रपछि टाढा रहे पनि नजिक रहे पनि आफ्नो शक्तिले भ्याउने गरि छोरीले बाबु आमालाई हेर्नु पर्ने नियम हुनु पर्छ त्यो बाबु आमाको लागि हित हुने छ, आज छोरीले अंश नालीए पनि टाढा भए पनि छोराले भन्दा छोरीले बढी हेरचाह गरेको मैले समाजमा पाएको छु अंशियार छोराले हेर्नु पर्छ भन्ने कुराले मात्र हो, नत्र आमा बाबुलाई नहेर्ने अंशियार छोराहरू पनि धेरै छन यहाँ, कान्छो छोरा आमाबाबुको जिउनी खाने उसले हेर्नु पर्छ भन्ने हाम्रो समाजमा पनि छ, अथवा जसले आमा बाबुलाई अन्तिमसम्म हेर्छ उसले बाबु आमाको जिउनी हक पाउँछ भन्ने पनि छ ।

के छोरीले अन्तिम सम्म हेरेर जिउनी अँश खानु पाउँदैन र ?

के तपाईंहरू छोरीले नि बरावर अंश पाओस भन्ने कुरामा सहमत हुनु हुन्छ ? र हुनु हुन्न भने किन हुनु हुन्न ? प्रस्ट भन्नु सक्नु हुन्छ ?

यो बाबु आमाको हितको लागि हो सबैका प्राय छोरी-छोरीले मात्र आमा बाबुलाई भित्रैबाट हेरचाह गरेको कारण मलाई यस्तो लाग्या छ ।

बुहारीले पनि आफ्नै जन्म दिने आमालाई मात्र हेर्ने टिठ्याउने, छोरीले पनि आफ्नै जन्म दिने आमालाई मात्र मायाँ गर्ने टिठ्याउने हुन्छ बिकल्पमा बुहारी जो यस्तो पनि छन श्रीमानका आमा बाबु र आफ्नो आमा बाबु एउटै ठान्ने त्यस्तो थोरै % प्रतिसत्मा पर्छन त्यसो भएकोले अब जिम्मा छोरीलाई यो मामलामा दिदा केही सुधार हुन्थ्यो कि यसो गर्दा हाम्रा दाजु भाइलाई नि केही होलो र सजिलो हुने देखेकी छु, अन्यायमा त कतै दाजु भाई पर्नु नहोला नि हैन र ? भन्ने मेरो मनको कल्पना मात्र हो |

मिना बान्तवा “मृदु”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *