(१)
अन्तिम सासले, खोजिरह्यो तिमीलाई
मर्ने बेला उस्ले, सोधिरह्यो तिमीलाई
बतासले फूल, झारे पनि हाँगाबाट
सुवाशले सधैँ, रोजिरह्यो तिमीलाई
(२)
चित्रकार भएँ न म कलाकार भएँ
जे भएँ म कर्मको नै अनुसार भएँ
कोही साथी डक्टर त कोही ईन्जिनियर
नाथे मै नै दुबईको चौकीदार भएँ
