कानमा खुस्स भन प्यारी, मन लागेका कुरा
बाकीँ छोड्ने छैन केही, गर्नेछु म पूरा
भन मन लागेजति, उधारो म छोड्ने छैन
हिजो पनि गर्न बाकीँ, रहेका अधुरा
ध्यान दिनु वरिपरि, आवाज बाहिर जाला
घर गाउँलेले कुरा काट्लान्, बज्दाखेरि चुरा
हल्ला हुन्छ मध्यरातमा, उठ्छन् केटाकेटीहरु
झ्यालबाट चिहाइ हेर्लान्, पल्ला घरका भुरा
गर्छु गर्छु किन यति, हतार भयो तिमीलाई
निदाउन देउ पहिले तिम्रा, सासू ससुरा
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
