रुखहरूलाई …
समातेर फूल्छ,
भीरहरूमा …
झुन्डिएर फूल्छ,
पहराहरूमा …
टाँसिएर फूल्छ,
सुख्खा
र,
उजाड ठाउँहरूमा
हतास नभै फूल्छ-सुनगाभा ।
कठिनाईसँग जुधेर
बाँच्न सिकाएर फूल्छ,
“जीवन सङ्घर्ष हो”
हास्न सिकाएर फुल्छ,
“जीवन तपस्या र धैर्यता हो”
निस्ठा सिकाएर फूल्छ ।
अनि त सुन्दर छ ।
प्रिय छ,
हरेक मन मनमा -सुनगाभा ।
सुनगाभा फुल्दा
उजाड उजाड बन, भीर, पाखाहरू
उजाड उजाड पहरा, छहराहरू
खुशीयालीको
उत्सव मनाउछन ।
उसबेला
आफ्नो सारा
ब्यथालाई भुलेर
सुन्दर जीवन
फुल्नुको सगर्व-सुनगाभा
मन्द मन्द मुस्कुराउछ, मुस्कुराइरहन्छ ।
१ अगस्ट २०१२
बरिष्ठ साहित्यकार -झमक घिमिरेको अत्याधिक पुरस्कारहरूले सम्मानित आत्मजीवन परक निबन्धहरूको सङ्ग्रह पुस्तक “जीवन काडा कि फूल ?” पढिसकेपछि जन्मिएको कविता । यो कविता तिनै सिउडीको फूल, भीरफूल अर्थात सुनगाभा फूल, साचै सुन्दर फूल – झमक घिमिरेमा समर्पित ।
