देशको चिन्ता गर्नेहरू धेरै देखियो
मौका पाए चौका हान्ने धेरै भेटियो ।
नेताहरूको के कुरा जनता जनार्दनै पनि
ताक् परे तिवारी नत्र गोतामे देखियो ।
के जनता- के नेता-अभिनेता जोसुकै नि
राम-राम मुखमा बगलीमा छुरै भेटियो ।
कस्तो जीवन-कस्तो गति-मति हाम्रो भ्रष्ट किन
चोरलाई चौतारी र साधुलाई छुरी रोपियो ।
मान्छेको जुनी तर दानवताको चिन्तन किन
ज्यूँदै मरे जस्तै भयो स्वर्गको बाटो छेकियो ।
मधुपर्क २०६८ माघ
