पङ्ख खोली बोलाएझै भाले मुजुरैले
उसैगरी बोलाउनुभो मलाई हजुरैले ।

हजुरसँग आँखा जुद्धा केले छोप्यो छोप्यो
बियाडबाट गैह्रीखेतमा प्रीति रोपो रोप्यो
काउँकुती लगाएझैँ कुन्नि कल्लेकल्ले
हजुरले नै रै’ छ भन्ने चिन्यो भित्री मनले ।

आकाशैको गड्याङगुडुङ भुईंको खजुरैले
सुसेलीले बोलाउनु भो मलाई हजुरैले ।

जो बोले नि रन्को आउँछ हजुर नै बोलेझैँ
साँझपख दिलको ढोका मलाई नै खोलेझैँ
हजुरसँग घुम्न पाए मनको रनवन
सयपत्री मखमलीझैँ फूल्थ्यो होला मन ।

जसोगरी सिँगारिन्छ मान्दिर गजुरैले
उसैगरी सिँगार्दिनुस् मलाई हजुरैले ।

पोखरा

मधुपर्क २०६८ माघ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *