आँखाभित्र अट्न सक्ने, नानी हुनु तिमी
तिर्खा लाग्दा प्यास मेट्ने, पानी हुनु तिमी ।
फूलभन्दा राम्री अनि, जूनभन्दा शीतल
मेरी प्यारी हृदयकी, रानी हुनु तिमी ।
कुन स्वर्गकी परी तिमी, यही लोकमा झरी
दाज्न मिल्ने सौन्दर्यकी, खानी हुनु तिमी ।
काली-जाली अम्रपाली, हुनुभन्दा पनि
सानीसानी तर धेरै, ज्ञानी हुनु तिमी ।
याङनाम, पाँचथर
मधुपर्क २०६८ माघ
